धनकुटामा संस्कार, संस्कृतिको जगेर्ना गर्दै विद्यार्थीहरू
धनकुटा । संस्कार, संस्कृतिको जगेर्ना गर्दै विद्यार्थीहरूलाई त्यसतर्फ उत्प्रेरित गर्ने लक्ष्यका साथ धनकुटा इङलिस सेकेण्डरी बोर्डिङ स्कूलमा श्रीकृष्ण जन्माष्टमी मनाईएको छ ।
धनकुटा नगरपालिका वडा नं ५ बालमन्दिरमा अवस्थित यस विद्यालयमा वार्षिक अतिरिक्त क्रियाकलाप अन्तर्गत मंगलवार एक कार्यक्रमको आयोजना गरि श्रीकृष्ण जन्माष्टमी मनाइएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा विद्यालयका संस्थापक, प्रिन्सिपल राजन पौडेलले शूभकामना सन्देश दिदै सस्कार, संस्कृतिको जगेर्ना र संरक्षण गर्नु सबैको साझा कर्तव्य भएको भन्दै यो विद्यालय त्यस तर्फ सधैं लागि परेको उल्लेख भयो ।
कार्यक्रमकै अवरसमा विद्यार्थीहरुले समाजमा विद्यमान विभिन्न जातजाती, धर्म, सम्प्रदाय, भूगोल आदिमा प्रचलित सांस्कृतिक पोशाकहरु समेत प्रदर्शन गरेका थिए । साथै शिक्षक सुस्मिता लावतिको संयोजकत्वमा मन्टेश्वरी तथा पूर्वप्राथमिक कक्षाहरुमा राधाकृष्णको स्वरूप सहितको प्रदर्शन गरिएको थियो ।
बालबालिकाहरुले श्री कृष्ण जन्माष्टमीका विभिन्न झलकहरु प्रर्दशन तथा अवलोकन गराईएको थियो । सोही अवसरमा विद्यालयको मन्टेश्वरी तथा पुर्वप्राथमिक तहको सांस्कृतिक प्रदर्शन कार्यक्रम समेत सम्पन्न भएको छ ।
विद्यालयका संस्थापक एबम् प्रशासन प्रमुख सुमना तिम्सिनाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा मन्टेश्वरी कक्षा तथा पुर्वप्राथमिक तहमा अध्यापनरत शिक्षक, अभिभावकहरुको उपस्थिती थियो ।


