नेपाल मुस्लिम संघ धनकुटाको सभापतिमा हबिब समीर मिया सर्वसम्मत चयन
नरेन्द्र कश्चित,धनकुटा । नेपाल मुस्लिम संघ धनकुटाको प्रथम जिल्ला अधिवेशनबाट हबिब समीर मियाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईको प्रमुख आतित्थ्यमा आज सम्पन्न अधिवेशनबाट नेपाल मुस्लिम संघको जिल्ला सचिवमा मोहम्मद मजमिल अन्सारी,कोषाध्यक्षमा मोहम्मद कमरान खान लगायतलाई सर्वसम्मत चयन गरिएको हो ।
अधिवेशनबाट यही असोज ७ र ८ गते हुनने नेपाल मुस्लिम संघको केन्द्रीय महाधिवेशनका लागि मोहम्मद सफिरहमान खान,नौसद अन्सारी,मोहम्मद निजामुदिन अन्सारी,अब्दुल कैयुम खान,हाँजी मोहम्मद सलिमुदिन गरि ५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चयन गरेको छ । यसैगरि प्रदेश महाधिवेशनका लागि मोहम्मद इब्राहिम मिया,हाँजी मोहम्मद रहिस अन्सारीलाई सर्वसम्मत प्रदेश महाधिवेशन प्रतिनिधि चयन गरिएको छ ।
नेपाल मुस्लिम संघ कोशी प्रदेश सभापति तथा नेपाल मुस्लिम संघका केन्द्रीय प्रतिनिधि,कोशी प्रदेशका माननीय इसराइल मन्सुरी,नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य मोहम्मद अफजल हुसैन (गुल्जार),नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ धनकुटाका सभापति नरेन्द्र राई लगायतको उपस्थिति थियो ।


