पाख्रिबासमा ‘जिल्ला स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता’ हुने

धनकुटा । धनकुटाको पाख्रिबासमा संविधान दिवसको अवसर पारेर ‘जिल्ला स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता’ हुने भएको छ ।

समाजमा विभिन्न प्रेरणात्मक,सामाजिक कार्यहरु गर्दै आएको चेतना युथ क्लबको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।

विगतमा संविधान दिवसको अवसरमा वार्षिक रुपमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरी वाक कलाका प्रतिभावानहरुलाई सम्मान साथै विचारहरु प्रक्षेपण गरि समाजमा विभिन्न विषयमा चेतना फैल्याउने प्रयास गरि आएको यस क्लबले यस बर्ष भने नगरबाट स्तरोन्नति गर्दै जिल्ला स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता’ को आयोजना गर्न लागेको हो ।

“धनकुटाको आवाज : दुर्व्यसन मुक्त समाज” शिर्षकमा आयोजना गर्न लागिएको यस खुल्ला प्रतियोगिता असोज ३ गते बिहानको १० बजेबाट सामुदायिक भवन, कृषि अनुसन्धान केन्द्र, पाख्रीबास-३ मा हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।