धनकुटामा हुने नि:शुल्क बृहत शल्यक्रिया स्वास्थ्य शिविरका लागि नाम दर्ता गराउन पाख्रिबास नगरपालिकाको अनुरोध
धनकुटा । धनकुटामा हुन गइरहेको नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविरका लागि नगरबासीलाई आफ्नो नाम दर्ता गर्न पाख्रिबास नगरपालिकाले अनुरोध गरेको छ ।
शिविर धनकुटा जिल्ला अस्पतालमा असोज १ देखि १२ गते सम्म हुने र त्यसका लागि नगरबासीले पाख्रिबास आधारभूत अस्पतालमा सम्पर्क गरि नाम दर्ता गराउन हुन नपाका प्रमुख ज्ञान बहादुर गुरुंगद्वारा हस्ताक्षरित सुचनामा उल्लेख छ ।
अलोहा मेडिकल मिसन हवाई अमेरिकाको प्राविधिक सहयोग तथा पाख्रिबास नगरपालिका सहितको सहकार्य र सक्रियतामा धनकुटा जिल्ला अस्पतालमा पहुँच नहुनेहरुको लागि पहुँच भन्ने मूल नाराका साथ उक्त शिविर संचालन गर्न लागिएको हो ।
शिविरमा hernia, masses, Urine masses, hydrocele, gall stone, bladder stone, skin hemorrhoids, Ovarian cyst, uterine prolapse भएका विरामीहरुले पाख्रिबास आधारभूत अस्पतालमा नाम दर्ता गर्न पनि अनुरोध गरेको छ । साथै शिविरमा ENT, दन्त सेवा र कृतिम हातको समेत सुविधा रहेको सुचनामा उल्लेख छ ।
हेर्नुहोस् सुचना-



