भोजपुरको टेम्केमैयुम-७ का ५५ बर्षीय केशब नेपालको पानीको ड्रममा डुबेर मृत्यु
सुनसरी, भाद्र २५ । सुनसरीको दुई छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ ।
हिजो राती ८ बजे सुनसरीको रामधुनी नगरपालिका-२ तित्रिवन टोलका गुलुम मन्सुरका १ बर्षीय छोरा अमर मन्सुर खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेर घाईते भई उपचारकोलागी जिल्ला अस्पताल इनरुवा सुनसरी पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।
यसैगरी सुनसरीको ईटहरी उप-महानगरपालिका-४ मनकामना चोकमा रहेको जेष्ठ नागरीकको मन्दिरमा पुजारीको काम गर्ने भोजपुरको टेम्केमैयुम-७ का ५५ बर्षीय केशब नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


