पाख्रीवासमा शिवालय मन्दिरको उद्घाटन

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ८ घामेमा निर्माण गरिएको शिवालय मन्दिरको उद्घाटन गरिएको छ ।

प्रदेश सरकार संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय विराटनगरबाट प्राप्त १० लाख लागतमा निर्माण गरिएको मन्दिरको एक समारोहका वीच आज उद्घाटन गरिएको पाख्रीवास नगरपालिका ८ नं वडा कार्यलयले जनाएको छ ।

मन्दिरका लागि वद्री कुमार राईबाट आफ्नो स्व.आमा फुलमाया राईको नाममा ३६ हजार बराबरको घण्टी,पूर्वमन्त्री सुनिल वहादुर थापाबाट शिव लिंग,बसाह, कुमार थापाबाट शिलापत्थरको गणेशको मूर्ति,प्रकाशचन्द्र गिरीबाट गजुर,उत्तम गिरीबाट जलाधार,दूर्गा वहादुर गिरीबाट चन्द्रनारायण,अम्मर वहादुर गिरीबाट सूर्य नारायण सहितका सामाग्री प्राप्त भएको मन्दिर निर्माण उपभोक्ता समितीले जनाएको छ ।

मन्दिरको उद्घाटन प्रदेश सांसद ईन्द्रमणी पराजुली र पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञान वहादुर गुरुङले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा पाख्रीवास नगरपालिका उपप्रमुख नम्रता देउजा, वडा नं ८ का वडाध्यक्ष गजेन्द्र राई,७ नं वडाध्यक्ष देव वहादुर तामाङ ३ नं वडाध्यक्ष सरोज राई, १० नं वडाध्यक्ष हरिखत्री, ८ नं वडा सदस्यहरु गंगादेव राई,, हेम वहादुर गिरी, रेखा काफ्ले रुपा दर्जी लगायत स्थानियको उपस्थिती थियो ।

कार्यक्रम मन्दिर निर्माण उपभोक्ता समितीका अध्यक्ष लोक वहादुर गिरीको अध्यक्षतामा संचालन भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।