प्रमुख जिल्ला अधिकारी पौडेल र धनकुटा उद्योग बाणिज्य संघ बिच व्यापार व्यवसाय प्रवर्दनबारे छलफल
धनकुटा । धनकुटा जिल्लामा सरुवा भै आउनु भएका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल सँग धनकुटा उद्योग बाणिज्य संघले जिल्लाको उद्योग व्यापार, व्यावसाय प्रवद्धनकोबारेमा छलफल गरेको छ ।
धनकुटा उद्योग बाणिज्य संघले हालैमात्र सरुवा भई यहाँ आउनुभएका प्रमुख जिल्ला अधिकारी पौडेललाई स्वागत तथा सफल कार्यकालको शूभकामना दिदै व्यापार व्यावासय प्रद्धनको बारेमा छलफल गरेको हो।
आर्थिक मन्दिका कारण चर्को समस्यामा रहेको धनकुटाको व्यापार व्यावसाय प्रवद्धन गर्नका लागि प्रमुख जिल्ला अधिकारी पौडेलसंग धनकुटा उद्योग बाणिज्य संघ अध्यक्ष विजय सन्तोषी राई,वरिष्ट उपाध्यक्ष मन कुमारी तितुङ्ग,कार्यकारी सदस्यहरु रेवती प्रसाद अधिकारी,रिदम श्रेष्ठ र सदस्य गंगा गुरुङ्ग,कार्यालय सचिव मातृका राईले छलफल गरेका हुन् ।
छलफलमा प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लाको उद्योग व्यापार व्यावसाय क्षेत्रको संवद्धन र प्रवद्धनका लागि सहकार्य गरेर काम गर्ने वताउनु भएको छ ।


