धनकुटा नगरपालिकाको शहरी उत्थानशीलता मार्गचित्र निर्माण

धनकुटा,२६ भदौ । दिगो विकास लक्ष्यको उपलब्धीमा योगदान गर्ने र जोखिम न्यूनीकृत समावेशी एवं उत्थानशिल शहरी विकास योजना तयार गर्ने लक्ष्यका साथ धनकुटा नगरपालिकाले शहरी उत्थानशीलता मार्गचित्र निमार्ण गरिरहेको जनाएको छ ।

धनकुटा नगरपालिकाले मंगलबार एक कार्यक्रम आयोजना गर्दै मार्गचित्र निमार्ण गर्दा नगरपालिकाको जोखिम क्षेत्र र जोखिम प्रवृति पहिचान गर्ने , नगरको प्राथमिकतामा रहेका शहरी विकास क्षेत्रको वर्तमान जोखिम र प्रवृति सम्बन्धको विश्लेषण गर्ने जानाएको छ ।

नगरको प्राथमिकतामा रहेको नगरको शहरी विकास क्षेत्रको विपद्या उत्थानशिलता निमार्ण गर्न कार्यन्वयनका लागि स्रोत परिचालन सहितको कार्ययोजना तर्जुमा गर्न र थप विषयलाई छलफल गर्न यो कार्यशाला राखिएको धनकुटा नगरपालिकाका बातावरण शाखा प्रमुख उपेन्द्र खनालले जानकारी दिनुभयो ।

कार्यक्रममा सामाजिक विकास तथा सुशासन, समावेशी आर्थिक विकास बातावरण तथा विपद् उत्तरदायी पूर्वाधार विकास उत्थानशिलतामा शहरी विकास मार्ग चित्रले काम गर्ने हुदा ती विषयमा नै आधारीत रहेर छलफल गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदीले धनकुटा नगरले प्राथमीकतामा राख्नुपर्ने विषय र सम्भावनाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै मार्ग चित्रले नगरको विविध समावेशी आर्थिक अबसरहरु , जलवायू परिवर्तन र विपद् जोखिम न्यूनीकरण दिगो विकास शहरी विकास लगायतको क्षेत्रमा काम गरिरहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

मार्गचित्र तयार गर्न यूएनडीले सहयोग गरिरहेको नगरपालिकाले जनाएको छ । कार्यक्रममा धनकुटा नगरपालिका भित्रका सरोकारवलाहरुको सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।