पाख्रीवास ८ काभ्रेका करिब ३० घर परिवारलाई लक्षित गरि खानेपानी आयोजना सञ्चालनको सम्झौता सम्पन्
शर्मिला राई,धनकुटा । काभ्रे खानेपानी उपभोक्ता समिति र खानेपानी सरसफाई डिभिजन कार्यलय धनकुटा बीच धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ८ काभ्रेका करिब ३० घर परिवारलाई लक्षित गरि खानेपानी आयोजना सञ्चालनको सम्झौता भएको छ ।
अनुमानित लागत ६४ लाख बराबरको खानेपानी आयोजनाको काम आगामी आश्विन दोश्रो सातादेखि शूरु गर्नेगरि खानेपानी उपभोक्ता समिति र खानेपानी तथा सरसफाई डिभिजन कार्यलय बीच सम्झौता भएको हो ।
आयोजना सञ्चालनका लागि एक वर्ष अघि नै डिपीआर भएको स्थानिय उपभोक्ता तथा पाख्रीवास नगरपालिका वडा नं ८ का वडा सदस्य गंगादेव राईले बताउनु भएको छ ।
काभ्रेका उल्लेखित संख्याका घरधुरीको लागि वस्तिदेखी ३ किलोमिटर टाढा सिम्लेटारटाङ खोलाको मुहानबाट पानी तान्ने लक्ष रहेको राईले बताउनुभयो ।
सम्झौतापत्रमा खानेपानी तथा सरसफाई डिभिजन कार्यलय धनकुटाका अधिकृत राजकुमार मण्डल र खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रेम बहादुर राईले हस्ताक्षर गरेका छन् । आयोजनामा १ प्रतिशत लगानी उपभोक्ताहरुको रहने राईले बताउनु भएको छ ।


