धनकुटा इङलिस सेकेण्डरी बोर्डिङ स्कूलमा अन्तरसदनात्मक तीज गित नृत्य र विद्यालय फुटबल प्रतियोगिता

धनकुटा । धनकुटा इङलिस सेकेण्डरी बोर्डिङ स्कूलमा तीज विशेष कार्यक्रम,अन्तरसदनात्मक तीज गित नृत्य र विद्यालय फुटबल प्रतियोगिता सञ्चालन गरिएको छ ।

विद्यालयको वार्षिक अतिरिक्त क्रियाकलाप अन्तर्गत बुधवार ती कार्यक्रमहरु सञ्चालन गरिएका हुन् । जसअनुसार अन्तरसदनात्मक विद्यालय फुटवल प्रतियोगिता तर्फ निलो सदन प्रथम, रातो सदन द्धितीय भएका छन् । विजेता विद्यार्थी समूहलाई ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ ।

त्यसैगरि तीज गित नृत्य प्रतियोगिता अन्र्तगत सिनियर तर्फ हरियो सदन पहिलो, निलो सदन दोश्रो, जुनियर तर्फ हरियो सदन पहिलो र पहेलो सदनका विद्यार्थी दोश्रो भएका छन् । ती समुहलाई पनि मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

धनकुटा नगरपालिका वडा नं ५ बालमन्दिरमा अवस्थित यो विद्यालयमा सोही अवसरमा विद्यार्थीहरुले सामाजिक विकृतिमा आधारित ब्यङ्गत्मक झलकहरु पनि प्रदर्शन गरेका थिए ।

विद्यालयका संस्थापक एबम् प्रशासन प्रमुख सुमना तिम्सिनाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक, प्रिन्सिपल राजन पौडेलले ब्रिटिस काउन्सिलको अन्तर्राष्ट्रिय स्कुल अवार्ड जित्न सफल यो विद्यालयमा बार्षिक कार्य तालिका अनुसार शैक्षिक गतिविधि संचालन हुँदै आएको जानकारी गराउनुभयो । उहाँले सस्कृतिको जगेर्नार संरक्षण गर्नु सबैको साझा कर्तव्य भएकोले विद्यालय त्यसतर्फ सधै लागि पर्ने उल्लेख गर्नुभयो ।

प्रमुख अतिथि धनकुटा नगर कार्यपालिका सदस्य कृष्णमाया श्रेष्ठले बिद्यालय स्तरमा संचालन हुने यस्ता कार्यक्रमले बाल प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने र विद्यार्थीहरूले संस्कृतिको सम्वद्र्धन गर्दै चाडपर्वको महत्त्वको बारे समाजलाई सहि मार्गदर्शन गर्न प्रेरणा मिल्ने भएकोले स्थानीय सरकारले सहयोग गर्ने बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।