७० हजार रुपैयाँ बोकेको झोला महाकाली नदीमा खसेपछि…

बैतडी, भदौ २९ । बैतडीकी भागरथी बोहराको ७० हजार रुपैया बोकेको झोला महाकाली नदीमा खसेको छ। दशरथचन्द नगरपालिका–२ देहिमाडौं रजुन्डाकी भागरथी बोहराले बोकेको झोला गाडीबाट ओर्लिने क्रममा सडक किनारबाट बिहीवार महाकालीमा खसेको हो।

झुलाघाट बजार जाने क्रममा उनले बोकेको झोला मौराभीरबाट महाकालीमा खसेको हो। केही दिन अघि मात्रै भारतमा रहेका श्रीमानले पठाएका रकम बोकेर बोहरा बिहीबार किराना पसलको सामान किन्न झुलाघाट गएकी थिइन्। गाउँमा किराना पसल सञ्चालन गर्दै आएकी भागरथीले पैसाको झोला महाकालीमा खसेको गुनासो गरेकी छन्।

गाडीबाट ओर्लिने क्रममा साँघुरो सडक किनारबाट भागरथीको झोला भिरबाट महाकालीमा खसेको सशस्त्र प्रहरी बल नेपालको झुलाघाट सीमा पोष्टका इन्चार्ज राजेन्द्रनाथ योगीले बताए। सशस्त्र प्रहरी बलको उद्धार टोलीले महाकाली नदी किनारसम्म खोज गरे पनि झोला पाउन सकेको छैन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।