धनकुटामा संविधान दिवस ३ दिन सम्म भव्यताका साथ मनाईने

धनकुटा,३० भाद्र । धनकुटा जिल्लामा संविधान दिवस दिन सम्म मनाउने हिजो जिल्ला प्रशासन कार्यालय धनकुटामा भएको सर्वपक्षिय बैठक निर्णय गरेको छ ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अध्यक्षतमा र जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामागंको प्रमुख आथित्यमा भएको सर्वपक्षिय बैठकले धनकुटामा संविधान दिवस अशोज २ गते देखी चार गते सम्म मनाउनु निर्णय गरेको हो ।

धनकुटामा संविधान दिवसको अवसरमा अशोज २ गते मठ मन्दिर र गुम्बामा सरफाई गरिने, अशोज ३ गते सहिद भीम नाराय चौक धनकुटा सिरान बजारमा भेला भई प्रभात फेरी गरी धनकुटा बसपार्कमा सम्म गई बसपार्कमा रहेको सहिद स्तम्भमा माल्यपर्ण गरी धनकुटाका सहिद प्रती सम्मान गर्ने र अशोज २ गते देखी अशोज ४ गते सम्म साझ दिपावली गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय धनकुटाका नायव सुब्बा गजेन्द्र रम्तेलले वताउनु भयो ।

बैठकमा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख तामाग ,उपप्रमुख सावित्री राई,प्रमुख जिल्ला अधिकारी पौडेल,भीम दल गणका कर्णेल सुमन थापा,सहस्त्र पहरी बल छिन्ताङ्ग गुल्म धनकुटाका डि एस पी सुदन भारती,,राष्टिय अनुसन्धान धनकुटाका प्रमुख सविना राई,जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरिक्षक होम प्रसाद अधिकारी,नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,नेकपा माओवादी केन्द्र धनकुटाका हेमचन्द्र किराती,जनता समाजवादी पाटी धनकुटाका कार्यवहाक अध्यक्ष पार्वती राई, राष्टिय स्वतन्त्र पाटी धनकुटाका संयोजक बालान्द दाहाल,राप्रपा धनकुटाका रेवतराम भण्डारी,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, धनकुटा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,नेपाल नागरिक समाज धनकुटाका अध्यक्ष दोर्ण प्रसाद गुरागाई लगायतले संविधानको महत्वको वारेमाभ प्रकाश पार्दै संविधान दिवस अशोज २ गते देखी ४ गते सम्म धनकुटामा भव्य रुपमा मनाउने सवैको सहयोग र सहभागीताका लागी अनुरोध गर्नु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।