लोप हुँदै खैजेडी भजन (भिडियो सहित)
धनकुटा । एक समय मनोरन्जनका साधन नहुंदा पहाडी क्षेत्रका गाँउ घरमा लोकप्रिय थियो खैजेडी भजन । गाँउमा कुनै शुभकार्य गर्दा तथा पुजा पाठ होस् या गाँउभरमा हुने बिवाह,ब्रतबन्ध लगायतका कार्यमा खैजेडीले मनोरन्जन दिनेको गरेको थियो ।
बढ्दो आधुनिकता संगै पछिल्लो समय युवा पुस्ताको ध्यान नजाँदा खैजेडी भजन लोप हुँदै गएको छ । यति सम्मकी पछिल्लो समय यो कतै देख्न पाइदैन । अधिकाशं युवापुस्तालाई त खैजेडी के हो भन्ने समेत थाहा छैन । धार्मिक कार्यमा गाइने खैजेडी भजन निकै प्रचलित भएपनि पछिल्लो समय लोप हँुदै गएको हो । हिन्दू धर्ममा निकै प्रचलित खैजेडीको तालमा रातभरि नाचिने भजन केही समययता गाउँघरमा अपवादको रुपमा देख्न पाइन्छ ।
एक सुमह साथमा मादल लिएर उखान तुक्का कथा धार्मिक स्लोक लाई खैजेडी भजनमा ढालि गाउने तथा अर्को समुह झ्याम्टा र डम्फु लिएर गितको तालमा नाच्दै बजाउनु यसको मुख्य बिशेषता हो । यसको सैलीले सबैको मन आकर्षित गर्छ तर मनोरञ्जनको अन्य साधनको बिकास हुनु, युवा पुस्तामा आधुकीकता हाबी हुनु तथा बढ्दो पश्चिमा संस्कृतिको आर्कषण र प्रविधिले गर्दा लोप हुँदै गएको बुढापाकाको गुनासो छ ।
युवापुस्ताको बेवास्ता र पुरानो पुस्ताको निष्क्रियताका असर यस्ता संस्कृतीमा परिरहेको छ । खैजेडी भजनमा आफ्नै शैली, लय अनि रहस्य लुकेको भए पनि युवापुस्तामा रक, पप र विदेशी गीतप्रतिको मोहले जोगाउन मुस्किल हुँदै गएको हो । सहरबजारमा धेरै अघिवाट देख्न छोडिएको यो संस्कृति गाउँघरवाट समेत हराइसकेको छ । धनकुटा पाख्रिवासका स्थानीय बाबुराम थापा बताउनु हुन्छ ।
यसको संरक्षको लागि सरकारी निकायबाट कार्यक्रम तथा धार्मिक मन्दिरबीच सहकार्य आवश्यकता रहेको भजनकीर्तनका सर्जकको भनाइ छ । धार्मिक क्षेत्रका जानकारले वडास्तरमै भजनकीर्तन समूह बनाएर युवालाई प्रशिक्षण दिनुपर्नेमा जोड दिदै आएका छन् ।


