अमेरिकन डाक्टरहरुको टोलीलाई धनकुटामा स्वागत
धनकुटा,३१ भदौ । धनकुटामा असोज १ गते देखि सञ्चालन हुने बृहत निशुल्क शल्यक्रिया शिविरमा आएका ४२ जना अमेरीकन डाक्टरहरुको टोलीलाई आईतबार स्थानियले बाजागाजा सहित स्वागत गरेका छन ।
अलोहवा मेडिकल मिसन अमेरिकाको सहयोगमा धनकुटा आईपुगेका डाक्टरहरुको टोलीलाई धनकुटा हुलाक टोल स्थित चुवाको बोटमा स्वागत गरीएको थियो ।
टोलीलाई स्थानिय आठपहरीयाको ढोलनाच, नेवारी भेषभूषा र पञ्चेबाजासहित फूलमाला र टिका लगाएर स्वागत गरीएको हो । स्वागत पस्चात् चुवाको बोटबाट पञ्चेबाजासहित बजारका विभिन्न भाग परिक्रमा समेत गरीएको थियो ।
धनकुटामा हुँने निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर अलोहवा मेडिकल मिसन अमेरिकाको सहयोगमा सल्भ नेपाल धनकुटाको सहकार्यमा र जिल्ला अस्पताल धनकुटाको पहलमा शिविर हुन लागेको हो ।




