हरितालिका तीजको अवसरमा धनकुटा १ हिलेको शिवालय मन्दिरमा पूजा गर्दै भक्तजनहरु (फोटो फिचर)
शर्मिला राई,धनकुटा । आज हरितालिका तीज व्रत बसी भगवान शिवको पूजा, उपासना गरि मनाईदै छ ।
यस अवसरमा धनकुटाको धनकुटा नगरपालिका १ हिले सिरान स्थितको रत्न षडेश्वर शिवालय मन्दिरमा विहानदेखी भक्तजनहरुको भिड लागेको छ ।
हिजो दर खाएपछि औपचारिक रुपमा शुरु भएको तीज पर्व अन्र्तगत आज व्रत बसि भगवान शिवजीको पूजा आराधना गर्ने प्रचलन छ । भगवान शिवजीको पूजा आराधना गरे पारिवारिक सुख, शान्ति प्राप्त हुने धार्मिक विश्वास छ ।









