धनकुटामा यसरी मनाईयो संविधान दिवस
धनकुटा,३ असोज । धनकुटामा पनि संविधान दिवस, २०८० आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घ-संस्था लगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएका छन ।
यसै क्रममा धनकुटामा पनि विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाईएको छ । जिल्ला समन्वय समिति धनकुटाको आयोजनामा जिल्ला स्थित राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्था , सुरक्षा कर्मी तथा कर्मचारी लगायतको सहभागितामा प्रभात फेरी गरिएको छ ।
धनकुटा ६ भिमनारायण चोकबाट सुरुभएको प्रभात फेरीले बजारका विभिन्न भाग परिक्रमा गरि वसपार्कमा गएर सम्पन्न भएको थियो ।
धनकुटामा आयोजित प्रभातफेरीमा उच्च अदालत विराटनगर धनकुटा इजालासका मुख्य न्यायधिस रामबहादुर थापा मगर, न्यायधिस फुर्वा तामाङ,पूर्वसांसद, जिल्ला समन्वय प्रमुख, उपप्रमुख ,प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित राजनितिक दलका प्रमुख,सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु विभिन्न संघसस्थका प्रमुख तथा प्रतिनिधि,राष्ट्रसेवक कर्मचारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।
त्यस्तै जिल्ला स्थित विभिन्न पालिका तथा संघसंस्थाहरुले पनि यो दिवस विभिन्न कार्यक्रम गरि मनाएका छन ।




