खोटाङको केपिलासगढीमा उत्कृष्ट विद्यार्थीलाई एक लाख पुरस्कार

खोटाङ, ४ असोज : खोटाङको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई नगद पुरस्कार वितरण गरेको छ । गाउँपालिकाभरिको सामुदायिक विद्यालयबाट शैक्षिकसत्र २०७९ मा एसइई दिएकामध्ये उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने एक÷एक छात्रछात्रालाई रु एक लाखका दरले पुरस्कार वितरण गरिएको हो ।

थर्पुडाँडा मावि सप्तेश्वरकी आस्था राईलाई रु एक लाखसहित प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै थर्पुडाँडा मावि सप्तेश्वरका सुजन कार्की र पृथ्वी मावि बाक्सिलाका आलोक राईलाई जनही रु ५० हजार र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले जानकारी दिनुभयो ।

गत वर्ष एसइईमा उत्कृष्ट अङ्क ल्याउने थर्पुडाँडा मावि सप्तेश्वरका रेडस्टार राइ र पृथ्वी मावि बाक्सिलाकी युनिशा राईलाई रु एक लाख प्रदान गरिएको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०७९÷२०८० देखि नीति तथा कार्यक्रम बनाएर एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण गर्ने छात्रछात्रालाई नगद पुरस्कार दिँदै आएको छ ।

गाउँपालिकाभित्र सञ्चालित माध्यमिक विद्यालयमध्ये नतिजाको आधारमा पृथ्वी मावि बाक्सिलाका प्रधानाध्यापक रणबहादुर राई उत्कृष्ट प्रधानाध्यापक घोषित हुनुभएको छ । उहाँलाई रु दश हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । बुहारी शिक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाले अहिले दश बुहारीलाई निःशुल्क पढाइरहेको छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।