अनुदानलाई वास्तविक किसानसम्म पु¥याउनु पर्नेमा जोड
धनकुटा,५ असोज । राज्यले कृषि क्षेत्रमा दिएको अनुदान वास्तविक किसान सम्म अझै पुग्न नसकेको सरोकार वालाहरुले बताएका छन् । कृषि ज्ञान केन्द्र धनकुटा र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले संयुक्त रुपमा आयोजना गरेको आ.व २०८०÷०८१ को स्विकृत बार्षिक कार्यक्रम सार्वजनिककरण गोष्ठीमा सहभागिहरुले यस्तो बताएका हुन ।
उनीहरुले किसानले उत्पादन गरेका कृषि उपजलाई बजारीकरणमा ध्यान दिनुपर्ने, उत्पादनमा आधारित अनुदानको व्यवस्था गरिनुपर्ने, अनुदानलाई वास्तविक किसानसम्म पु¥याउने पर्नेमा जोड दिएका छन । कृषि ज्ञान केन्द्र र भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले आगामी दिनमा कार्यक्रम बनाउदा सम्बन्धित सरोकारवलासँग छलफल गरेर मात्र कार्यक्रम बनाउन सुझाव दिएका छन साथै उनिहरुले अझै पनि सरकार वास्तविक किसानका समस्या समाधान तर्फ लाग्न नसकेको आरोप समेत लगाएका छन् ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद इन्द्रमणी पराजुली र निरन राईले किसानले उत्पादन गरेको बस्तुलाई बजारकिरण गर्नका लागि आवश्यक निति निमार्ण नगरि उत्पदानमा बृद्धि गर्न नसकिने भन्दै संसदमा यी विषयमा छलफल गर्ने बताएका छन । उनीहरुले विगतका अनुदानका कार्यक्रमहरु इमान्दारीताका साथ लागु नभएको हुदाँ अनुदानलाई व्यवहारीक रुपमा कार्यान्वय गर्नेमा जोड दिए ।
कार्यक्रम निमार्ण गर्दा सरोकारवलासग छलफल नभएकै कारण कृर्षकका माग अनुसारका कार्यक्रम निर्माण हुन नसकेको उनीहरुको भनाई छ । किसानलाई व्यवसायीक बनाउनका लागि सबै निकाय लागे मात्र उत्पादनमा बृद्धि गर्न सकिने उनीहरुले बताएका छन ।
जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश संसद इन्द्रमणि पराजुली, निरन राई, छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बा, सहिदभुमि गाउपालिकाका अध्यक्ष मनोज राई, पाख्रिवास नगरपालिकका उपप्रमुख नम्रता गौतम, महालक्ष्मी नगरपालिकाका उपप्रमुख मञ्जु कार्कि अधिकारी, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई सबै पालिकाका कृषि र पशु विकास शाखाका प्रमुख,कृषकका विभिन्न संघसस्थाका प्रमुख , तथा किसानहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्रको तर्फबाट प्रमुख नगेन्द्र बहादुर राना,भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख लोकनाथ ढुंगना र घरेलु तथा साना उद्योग कार्यालयका विकास कार्किले आ.व २०८०÷०८१को बार्षिक कार्यक्रम सार्वजनिक गरेका थिए ।




