विद्यालयमा नियमित रुपमा पठनपाठन संचालन गराउन छथर जोरपाटी गाउँपालिकाको अनुरोध
धनकुटा,५ असोज । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले विद्यालय शिक्षा विधेयक, २०८० को प्रावधानप्रति पनि असहमति जनाउँदै देश भरका सामुदायिक विद्यालय बन्द गरि राजधानी केन्द्रित आन्दोलन अभियानमा शिक्षक, कर्मचारी संलग्न भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
गाउँपालिका अध्यक्ष छत्र बहादुर सुब्बाद्धरा जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ भविष्यका कर्णधार वालवालिकाको शिक्षण सिकाइमा प्रत्यक्षरुपमा बाधा पर्ने गरि विद्यालयनै बन्द गर्दा विद्यार्थीहरुको सिक्ने पढ्ने पाउने अधिकार कुठित हुने भन्दै यथासिघ्र राष्ट्र निर्माणका आधारशिलाका रुपमा रहेका बालबालिकाहरु लाई शिक्षाको उज्यालोको मार्गदर्शन गराउने शिक्षकहरुले उठाएका जायज अन्जायज मागहरु छुटाई विद्यालयमा नियमित रुपमा पठनपाठन संचालन गराउने तर्फ संघिय सरकार अनुरोध गर्दछु विज्ञप्तीमा भनिएको छ ।



