सन नेपाल लाइफ इन्स्योरेन्स,धनकुटा उपशाखाद्वारा विश्रान्ति मन्दिर वृद्धाश्रममा फलफूल वितरण
धनकुटा । सबैका लागि सुरक्षा,शिक्षा र सम्बृद्दि भन्ने नाराका साथ स्थापित भइ संचालनमा रहेको सन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हिजो आफ्नो छैठौं वार्षिकोत्सव मनाएको छ ।
बार्षिकोत्सवकै अवसर पारेर धनकुटा उपशाखाले पनि धनकुटाको विश्रान्ति मन्दिर वृद्धाश्रममा फलफूल वितरण गरेर मनाएको छ ।
कार्यक्रममा धनकुटा उपशाखा प्रमुख बाल कुमारी थापा,बजार प्रबन्धक रिता राई,बजार ब्यवस्थापक कल्पना तामांग,अभिकर्ताद्वय कोपिला थापा र जेनी कटुवाल लगायतको उपस्थिति थियो ।
कार्यक्रमकै अवसरमा धरान – ११, सङ्गमचौक निवासी नरेन श्रेष्ठ र श्रीमती सपना श्रेष्ठबाट पितृस्मरणार्थ इच्छा पूर्तिका लागि स्व. रामवहादुर श्रेष्ठ र माता सरस्वती श्रेष्ठको स्मृतिमा आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूको भरणपोषणका लागि चामल,दाल,नुन,तेल,बिस्कुट,पेय पदार्थ,साबुन लगायतको सामान समेतहस्तान्तरण गरिएको थियो ।





