विस्थापित हुँदै परम्परागत रिक्सा

राँझा(बाँके), ८ असोज ः विद्युतीय रिक्सा सञ्चालनमा आएसँगै नेपालगञ्जमा परम्परागत पाइडल रिक्सा विस्थापित हुँदै गएका छन् । करिब दुई दशकदेखि परम्परागत रिक्सा चलाएर घरपरिवार पाल्दै आएका नेपालगञ्ज उपमहानगरपालिका–१२ का मुस्लिम खाँ अहिले आफ्नो रिक्सामा यात्रु बस्न नचाहने गरेको बताउनुहुन्छ ।

“सबैजना अटोमै चढ्न मन पराउँछन्, हाम्रो रिक्सामा मान्छे बस्नै मन पराउदैनन्”,उहाँ भन्नुहुन्छ,“यो रिक्सा चलाएर गुजारा चलाउन गाह्रो भएको छ, अब अरु कुनै काम गर्ने सोचमा छु ।” रिक्सामा यात्रु नपाएपछि ९० प्रतिशतले पेसा परिवर्तन गरेको खाँको भनाइ छ । पैसा जोहो गर्न सक्ने धेरैले विद्युतीय रिक्सा किनेर चलाउने गरे पनि अधिकांशले अन्य कामधन्दा गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

नेपालगञ्जमा काम नपाएपछि अहिले परम्परागत पाइडल रिक्सा चालकले जमुनाह नाकामा समान ओसार्ने काम गर्दै आएका छन् । जमुनाहबाट भारतीय बजार रुपैडिहा जाँदा–आउँदा दुवै देशका सुरक्षाकर्मीले दुःख दिने गरेको नेपालगञ्ज–१३ का रिक्सा चालक गङ्गाराम रैदास बताउनुहुन्छ ।
नेपालगञ्जमा विद्युतीय रिक्सा सञ्चालन नहुँदा दैनिक रु एक हजारसम्म कमाइ हुने गरेकामा अहिले मुस्किलले रु दुई सयदेखि तीन सयसम्म हुने गरेको उहाँको भनाइ छ । सीमावर्ती जमुनाह क्षेत्रमा यात्रु पाइने भए पनि अन्यत्र नपाइने रैदास बताउनुहुन्छ । एकदशक अघिसम्म नेपालगञ्जको भरपर्दो सवारीसाधनको रुपमा रहेको परम्परागत रिक्सा अहिले नेपाल–भारत सीमा नाका जमुनाह क्षेत्रमा सीमित हुन पुगेको छ ।

एक दशक अघिसम्म तीन वटा रिक्सा भाडामा लगाउँदै आएका नेपालगञ्ज–१२ का पुत्तन होलीले आम्दानी नभएपछि अहिले पेसानै परिवर्तन गर्नुभएको छ । रिक्सा भाडामा लगाएर आफूले रिक्सा मर्मतको काम गर्दै आउनुभएको उहाँ विद्युतीय रिक्सा आए पनि भाडासमेत उठ्न नसकेका कारण आफूले पेसा परिवर्तन गर्नुपरेको गुनासो गर्नुहुन्छ । रिक्सा मर्मत गर्ने पसलमा अहिले उहाँले पानको पसल सञ्चालन गर्नुभएको छ ।

नेपालगञ्जबाट विस्थापित भएका परम्परागत पाइडल रिक्सा सीमावर्ती जमुनाह क्षेत्रमा थुप्रिएका छन् । सिमावर्ती भारतीय बजार रुपैडिहामा विद्युतीय रिक्सा प्रवेशमा रोक लगाएकाले जमुनाहदेखि रुपैडिहासम्म र रुपैडिहादेखि जमुनाहसम्म यात्रु तथा समान ओसारपसारमा परम्परागत रिक्साको भीडभाड हुने गरेको जमुनाहइलाका प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्ट बताउनुहुन्छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।