बच्चा जन्मिएको चार घण्टासम्म पनि रक्तस्राव नरोकिएपछि सुत्केरीको हेलिकोप्टर मार्फत उद्धार

बाजुरा, ९ असोज : जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–१ विच्छ्याँ स्वास्थ्य चौकीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार गाउँपालिका–१ की २३ वर्षीया सुत्केरी कल्पना रोकायाको रक्तस्राव नरोकिएको र सालनाल नआएर पाठेघरको मुख नै बन्द भएपछि उद्धार गरी सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपानी सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको भनाइ छ ।

गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजबहादुर भण्डारीका अनुसार रोकाया आज बिहान विच्छ्याँ स्वास्थ्य चौकीमा सुत्केरी हुन आउनुभएको थियो । बच्चा जन्मिएको चार घण्टासम्म पनि रक्तस्राव नरोकिएपछि उद्धार गरिएको हो ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।