श्रीमान टंक माविमा पर्यटकिय स्थल सरसफाई गर्दै मनाईयो पर्यटन दिवस

धनकुटा । धनकुटा नगरपालिका वडा नं २ भीरगाउ स्थितको श्रीमान टंक माद्यमिक विद्यालयमा विभिन्न कार्यक्रम गर्दै आज विश्व पर्यटन दिवस मनाईएको छ ।

विद्यालयमा गठित टुरिजम क्लवले पर्यटकीय स्थल सरसफाई तथा र्याली प्रदर्शन गर्दै ४४ औं विश्व पर्यटन दिवस मनाएको हो । पर्यटन दिवसको अवसरमा क्लवले पर्यटकीय स्थल गाजर पार्क सरसफाइ, विद्यालय परिसरमा रहेको फुलवारी गोडमेल तथा र्याली प्रर्दशन गरेको छ ।

“पर्यटनबाटै राष्ट्रिय समृद्धी’’ भन्ने मूल नाराका साथ क्लवले उल्लेखित कार्य गरि यो दिवस मनाएको विद्यालयले जनाएको छ । टुरिजम क्लवले पर्यटकिय स्थलहरुलाई परिचित गराउन यसअघिपनि विभिन्न कार्यक्रमहरु गर्दै आएको विदालयका प्रधानाध्यापक नर वहादुर विश्वकर्माले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।