पाख्रिबास नगरपालिकामा आज शोक बिदा
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकाले आज शोक बिदा दिएको छ ।
पाख्रिबास आधारभूत अस्पतालमा कार्यरत सिअहेब युकेन राईको निधनमा नपाले आज शोक बिदा दिएको हो।
राईको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हिजो बिहान निधन भएको थियो ।
आज नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु र स्वास्थ्य संस्थाहरुको अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु बन्द रहने नपाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र सुवेदीद्नारा हस्ताक्षरित जारी सुचनामा जनाइएको छ ।



