बिरामी बोक्न काठको स्टेचर कहिले सम्म ?

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका—५ पिर्तोलीकी ४५ वर्षिय भागरथी भट्टलाई आइतबार बेलुका ७ बजेतिर एक्कासी बेस्सरी पेट दुख्ने,हातखुट्टा सन्निने,छाती दुख्ने समस्या भयो ।
बिज्ञापन

उनीमा एक्कासी त्यस्तो समस्या देखिएछि घरपरिवारका सदस्य चिन्तित बने,अस्पताल लैजान पनि राती भइसकेको थियो,उनीहरुले भागरथीलाई घरमै मौरीको मह, लगायत अन्य घरेलु औषधी खुवाए । भागरथीको दुखाई पनि अलि कम भयो । घरपरिवार र छिमेकीले सोमबार अस्पताल लैजाने सल्लाह गरे ।भागरथीर्ला राती पनि झन दुखाईले पोल्न थाल्यो ।

बिहानै स्थानीयहरुले स्वास्थ्य संस्था लैनान आग्रह गरे । स्वास्थ्य संस्था लैजान छिमेकी सहित परिवारका सदस्य गाउँमा स्ट्रेचरको खोजी गर्न थाले । उनीहरूले गाउँमा स्टेचरको खोजी गरे । तर, पाएनन् । त्यो गाउँमा स्टेचर थिएन । भागरथीलाई पिठ्युँमा बोकेर लैजाने अवस्था पनि थिएन ।

स्टेचरको लागि पिर्तोलीबाट बिहानै करिब ७,८ किलोमिटर टाढा रहेको स्वास्थ्य चौकी चौपाता गए, त्यहाँ पनि स्टेचर पाएनन् । स्टेचर स्वास्थ्य चौकी भन्दा करिब १ किलोमिटर टाढा धुलेडीमा थियो ।

स्वास्थ्य चौकीमा कार्यररत स्वास्थकर्मीले स्टेचर धुलेडी रहेको र त्यहाँबाट लग्न आग्रह गरे । त्यहाँ गएर स्टेचर त ल्याए तर, स्टेचर लगेर पिर्तोली पुग्न करिब ३ घण्टा लाग्थ्यो ।

भागरथीलाई धेरै समस्या भइसकेको थियो । घरपरिवारले स्टेचर कुरेर बस्दा सम्म भागरथीलाई एकदमै अप्ठ्यारो हुने अवस्था आयो । अन्ततः केही सीप नचलेपछि स्थानीयहरुले खाटमा डोरी बेरी दुबैतिर काठबाँधे,त्यसमाथि मान्छे अटाउने खाटको स्ट्रेचर निर्माण गरे ।

त्यसैमा राखेर भागरथीलाई शैल्यशिखर नगरपालिका—६ पनेबाँज स्थित एक मेडिकलमा पुर्‍याइयो । गाउँमा स्ट्रेचर नहुँदा खाटकोको स्ट्रेचर बनाएर आमालाई मेकिल ल्याइएको छोरा नवराज भट्टले बताए ।

‘हामीले स्वास्थ्य संस्था लैजानका लागि बोक्ने स्टेचर खोजी गर्दा पाएनौं,गाउँमा बिरामी बोक्नलाई एउटा पनि स्ट्रेचर छैन् । उनले भने, ‘गाउँमा स्टेचरको खोजी गरे ।

तर, कतै पाएनौं,अन्तिममा खाटमा डोरी बरे र कम्बल बाँध्यौं,त्यसभित्र आमालाई हालेर मेकिल पु¥यायौं । न त राम्रो बाटोघाटो न त सडक नै । कोही बिरामी भइहाले पनि अस्पताल पु¥याउन जोखिम मोलेर घण्टौं हिडनुपर्छ ।’

भौगोलिक विकटताका कारण घण्टौं हिँडेर बिरामीलाई स्वास्थ्य संस्था पु¥याउनु पर्ने भए पनि गाउँमा सहजताका लागि आवश्यक सामग्री नहुँदा समस्या हुने गरेको छ ।

भागरथीलाई जस्तै उक्त गाउँका अधिकांश मानिसलाई यही विधिबाट उद्धार गर्ने गरिएको छ । स्थानीय सरकार भएपछि पनि बिरामीहरुलाई यसरी बोकेर लैजानु पर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।-धनगढी खबव

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।