कास्कीका माधवको शव स्याङ्जाको मिर्मिमा भेटियो, बागलुङका डम्बरको अत्तोपत्तो छैन

पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ खरेहा र वडा नं. ८ चुवाको सीमामा रहेको तमादीखोलामा शनिबार बेलुकी आएको बाढीले बगाएर बेपत्ता दुई जनामध्ये एक जनाको शव भेटिएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३ नौडाँडाका २७ वर्षिय विजय भन्ने माधव पौडेलको शव भेटिएको हो । गल्याङ नगरपालिको मिर्मिस्थित कालीगण्डकी ए जलविद्युत आयोजनाको बाँधमा आज बिहान शव भेटिएको हो । भेटिएको शवको तस्विर परिवारले आफ्नो छोराको रहेको बताएको प्रहरीले जनाएको छ । यद्यपी, यसको पुष्टि हुन बाँकी छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी खुमलाल भुसालले शव सनाखतका लागि अहिले परिवार त्यसतर्फ जाँदै गरेको बताए ।

गण्डकन्यूजसँग उनले भने – ‘आज विहान बाँधमा शव भेटिएको भन्ने स्याङ्जाबाट खबर आयो । त्यहाँबाट पठाएको तस्वीर हेर्दा लामो कपाल र गोडाले गर्दा छोराको भएको माधवका बुवाआमाले बताउनुभएको छ । उहाँहरु जाँदै हुनुहुन्छ । सनाखतपछि पुष्टि हुन्छ ।’

घटनामा उनीसँगै बेपत्ता बागलुङको ताराखोला गाउँपालिका वडा नं. ३ इदिका ५० वर्षिय डम्बरबहादुर थापाको अवस्था भने अझै अज्ञात रहेको छ । सुरक्षाकर्मीले खोजीकार्य जारी राखेको छ । माधवका साथी रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका ९ का ३४ वर्षिय गोपाल बस्यालको भने सोहि दिन शव फेला परेको थियो ।

बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्वरको जीप शनिवार साँझ साढे ६ बजेतिर एक्कासी बाढी आउँदा ३ यात्रुसहित जीपलाई बगाएको थियो । चालक हेम्जाका बसन्त थापा भने गाडीबाट ओर्लेका कारण जोगिएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।