भूकम्पबाट बच्न भन्दै हामफाल्दा विद्यार्थी घाइते, प्रजिअ पाण्डेय भन्छन्- जमिन अझै हल्लाइरहेको छ

अछाम । मङ्गलबार दिउँसो सुदुरपश्चिममा गएको भूकम्पबाट बच्न विद्यालयको भवनबाट हामफालेका एक विद्यार्थी घाइते भएका छन् । अछामको बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नास्थित विन्देवासिनी माविमा कक्षा १० मा अध्ययनरत सन्तोष साउद घाइते भएका हुन् ।

कक्षा चलिरहेको बेलामा भूकम्पले हल्लाएपछि आत्तिएर विद्यालयको भवनको दुई तला माथिबाट हामफाल्ने क्रममा साउद घाइते भएको विद्यालयका प्रधानाध्यापक निर्प रावतले जानकारी दिए ।

‘‘आत्तिएर दुई तलाबाट हामफाल्ने क्रममा लट्पटिएर घाइते भएको छ, हामीले अस्पताल लैजाने क्रममा छौं,’’ प्रधानाध्यापक रावतले भने । सन्तोषको बाहिरी देखिने गरेर टाउको, अनुहारमा चोट लागेको बताइएको छ ।

सुदुरपश्चिममा आजै दुई पटक ठूला भूकम्प र त्यसपछि पनि लगातार पराकम्प गइरहेका छन् ।

बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार भूकम्पपछि पनि पराकम्प आइरहेको छ । ‘‘जयपृथ्वी लोकमार्गको कचली खोलामा माथिबाट धुले पहिरो खसेर सडक अवरुद्ध भएको छ, हामी बसेको जमिन हल्लिइरहेको छ, उद्धारका लागि हामी तयारी अवस्था मै छौं,’’ प्रजिअ पाण्डेयले भने ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो ।

त्यसको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ ।

भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।