सांगुरीगढीमा खाद्य अधिकार तथा खाद्य प्रणाली रणनीतिक योजना सम्वन्धी तीन दिने तालिम सुरु

धनकुटा । साँगुरीगढी गाउँपालिकामा खाद्य अधिकार तथा खाद्य प्रणाली रणनीतिक योजना सम्वन्धी तीन दिने तालिम सुरु भएको छ ।

साँगुरीगढी गाउँपालिका र राष्ट्रिय योजना आयोगको आयोजना तथा विश्व खाद्य संगठन र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि कार्यक्रमको प्राविधिक सहयोगमा तीन दिने तालिम सुरु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा. जयकान्त राउतले ब्यानर बाचन गरेर तालिमको औपचारिक उद्घाटन गरेका थिए ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुमन दाहाल लगायतले मन्तव्य राखेका थिए । तालिमको उद्देश्य माथि प्रकाश प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार ठाकुरले र संचालन कृषि विकास शाखा प्रमुख राजिव कुमार पाख्रिनले गरेका थिए । उद्घाटन कार्यक्रम साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तालिममा साँगुरीगढी गाउँपालिका भरिका १० वटै वडाका अध्यक्ष, विभिन्न शाखागत प्रमुख÷प्रतिनिधि, नेपाल उद्योग वाणिज्य संघ, बीउ व्यवसायी, अगुवा कृषक÷कृषक समूह प्रतिनिधि र संचारकर्मीहरुको सहभागीता रहेको छ ।

खाद्य प्रणालीको विषयवस्तुमा विश्व खाद्य संगठनका पुष्प श्रेष्ठ, चन्द्र थापा, बखत निरौला, लक्ष्मी चौधरी, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि कार्यक्रमका श्री महेश खरेल लगायतले सहजीकरण गरिरहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।