बझाङ भूकम्प : १ जना बेपत्ता, १७ जना घाइते

बझाङ – बझाङमा आज मङ्गलवार गएको भूकम्पका कारण एक जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् ।

जयपृथ्वी नगरपालिका–११ मा घर नजिकै टिमुर टिप्न जानुभएकी ४५ वर्षीया गुनमति धामी पहिराेमा परि बेपत्ता हुनुभएकाे छ । उहाँकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ । जिल्लाका विभिन्न पालिकामा गरी १७ जना घाइते भएका विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिनुभयो । उनीहरूमध्ये तीन जना प्राथमिक उपचारपछि घर फर्किएका छन् भने बाँकीमध्ये केहीकाे जिल्ला अस्पताल र केहीकाे नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

भूकम्पका कारण ३१ वटा निजी घर र केही विद्यालय, स्वास्थ्य केन्द्र लगायतका सामुदायिक भवनहरू भत्किएका छन् । भूकम्पका कारण पहिरो गएपछि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलाउने काम अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।

यसैबीच भूकम्पपछि जिल्ला अस्पताल बझाङका स्वास्थ्यकर्मीले एक महिलालाई अस्पतालको चौरमा सुत्केरी गराएका छन् । दिउँसो सुत्केरी हुन जिल्ला अस्पताल बझाङ पुगेकी तलकोट गाउँपालिका १ गोथीचौरकी २० वर्षकी मनिषा ऐडीले ३ बजेर २५ मिनेटमा बच्चालाई जन्म दिनुभएकाे जिल्ला अस्पताल बझाङले जनाएको छ । आमा र शिशुको अवस्था सामान्य रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।