धनकुटामा बिपद पूर्व तयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास
धनकुटा । धनकुटामा बिपद पूर्व तयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटा र जिल्ला बिपद ब्यबस्थापन समिति धनकुटाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला समन्वय समिति धनकुटा,गै.स.स महासंघ धनकुटा,जिल्ला स्वास्थ्य कार्यालय धनकुटा,नेपाल रेडक्रस सोसाईटी धनकुटा,धनकुटा नगरपालिका, जिल्ला प्रहरी कार्यालय धनकुटा,सशस्त्र प्रहरी बल नेपाल धनकुटा, जिल्ला अस्पताल धनकुटा,भिमदल गण सल्लेरी ब्यारेक धनकुटा,उधोग बाणिज्य संघ धनकुटा, नेपाल पत्रकार महासंघ धनकुटाको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले सामाजिक संजाल मार्फत जनाएको छ ।





तस्बीर स्रोत :जिल्ला प्रहरी कार्यालय धनकुटाको फेसबुक


