धनकुटा नगरपालिकामा दिगो तथा सम्मानित रोजगारका लागि सीप परियोजना सम्बन्धी अन्तरक्रिया

धनकुटा । धनकुटा नगरपालिकामा संचालित दिगो तथा सम्मानित रोजगारका लागि सीप परियोजना (इन्स्योर) अन्र्तगत आज लामो अवधिको तालिमको छनौटचो लागि छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो ।

नपाका कार्यवाहक मेयर जम्शेर राईको अध्यक्षतामा भएको छलफल तथा अन्र्तक्रिया कार्यक्रममा गत आर्थिक बर्ष २०७९÷ २०८० मा धनकुटा नपामा संचालित दिगो तथा सम्मानित रोजगारका लागी सीप परियोजना (इन्स्योर) अन्र्तगत लामो अवधिको तालिम अन्र्तगत संचालन भैरहको गृल तालिम र कुक तालिमको समिक्षा गरी चालु आर्थिक बर्ष २०८०÷ २०८१ मा संचालन गरिने लामो अवधिको तालिमको छनौवटको वारेमा छलफल गरिएको धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले वताउनु भयो ।

सो अवसरमा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राईले बजारम माग भएको तालिम संचालन गरी तत्काल रोजगार तथा स्वरोजगार बनाउनु पर्नेमा जोड दिनु भयो ।
चालु आर्थिक बर्षमा धनकुटा नगरपालिकामा संचालित दिगो तथा सम्मानीत रोजगारका लागी सीप परियोजना (इन्स्योर) अन्र्तगत मोटर साईकल मर्मत तालिम,टेलिकम(टेलिफोन) तालिम र विकल्पमा पल्वर तालिम संचालन गर्नका लागी सहभागीहरुले प्रस्ताव गर्नु भएको थियो ।

उक्त कार्यक्रममा धनकुटा नगरपालिकाका शिक्षा शाखाका प्रमुख नरेन्द्रमणी श्रेष्ठ र आर्थिक विकास अधिकृत विकास अधिकारीले सहजीकरण गर्दै कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नु भएको थियो भने परियोजनाको तर्फबाट सुशिल लिंखाले परयोजनाको वारेमा जानकारी दिनु भएको थियो ।

कार्यक्रममा धनकुटा नगरपालिकाका प्रशासन तथा योजना अनुगमन महाशाखाका प्रमुख सिताराम गौतम,धनकुटा उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई,धनकुटा नगरपालिका वडा नं. १ का वडाध्यक्ष बाङ्दा तामाङ्ग,वडा नं. ५ का वडाध्यक्ष धन कुमार राई,वडा नं. ९ का वडाध्यक्ष टंक रोईला,वडा नंं १० का वडाध्यक्ष नगेन्द्र पाण्डे, धनकुटा नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनाल,सामाजिक शाशा प्रमुख नुष राज श्रेष्ठ,योजना शाखाका विकाराम राई,गैसस महासंघका खिन्द्र अधिकारी,केदार दाहाल,उद्योगीहरु शैलेसमान श्रेष्ठ,काफ्ले ,सल्भ नेपालका ज्योती प्रधान लगायतले सिप सिकेर रोजगार तथा स्वरोजगार बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖