उदयपुरमा प्रतिबन्धित लागुऔषध सहित ३ जना प्रक्राउ

उदयपुर, असोज २१ । उदयपुरको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार साँझ सवा ७ बजे बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको बेलका नगरपालिका-८ कोठु स्थित कोशी पुल नजिकै आउदै गरेका सुनसरीको कोशी गाउँपालीका-५ श्रीपुरका २१ बर्षीय खैरुल वासरलाई चेकजाँच गर्दा निजको साथबाट २० ग्राम ९० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको थियो ।

यसका साथै चेकजाँचमा खटिएको प्रहरीको सोही टोलीले १६ ग्राम ४७० मिलि ग्राम लागुऔषध ब्राउन सुगर सहित सप्तरीको कंकालिनी नगरपालिका-१ का २७ बर्षीय बेचन मण्डल र ३२ बर्षीय जितेन्द्र मुखियालाई उदयपुरको बेलका नगरपालिका-१ आम्वासी स्थितबाट प्र.२-०१-००१ प. ४९५० नम्बरको मोटरसाईकलमा फत्तेपुरबाट उदयपुरको रामपुतर्फ आउदै गरेको अवस्थामा नियन्त्रणमा लिईएको हो ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।