दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्प बन्दै ‘मिनी टिलर’

टक्सार (भोजपुर), २१ असोज : दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पका रुपमा मिनी टिलरको प्रयोग गर्न थालिएको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको व्यापरी बाजिम मगरले बताउनुभयो ।

“पहाडी जिल्लामासमेत कृषिमा आधुनिकीकरण भित्रिएपछि खेतीका लागि आधुनिक कृषि उपकरण तथा औजारको माग बढेको छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय मुलुकमा खेतीपाती गर्ने प्रणालीमा परिवर्तन हुन थालेसँगै आधुनिक कृषि प्रविधिको पनि माग बढेको हो ।” मगरका अनुसार जिल्लाका ग्रामीण क्षेत्रका खेतबारीमा अहिले मिनी टिलरले जोतेको देख्न सकिन्छ ।

पछिल्लो समय युवा रोजगारी, शिक्षा लगायतका लागि जिल्ला बाहिर जान थालेपछि पशुपालन गर्नेको सङ्ख्या घट्दै गएको किसान तिर्थ श्रेष्ठले बताउनुभयो । उहाँले खेत जोत्ने गोरु पहिलाको तुलनामा पाउन छाडेकाले अहिले विकल्पका रुपमा टिलर बनेको बताउनुभयो । सुरुमा प्राविधिक ज्ञानको अभावले टिलर सञ्चालनमा समस्या भए पनि अहिले खेती गर्न निकै सहज भएको उहाँको भनाइ थियो ।

किसानले जेत्न मिनी टिलर हलो, कम्बाइण्ड राइस मिल, रूख काट्ने मेसिन, धान काट्ने थ्रेसर, मकै छोडाउने क्रन थ्रेसरलगायतका आधुनिक आँैजारको प्रयोग गर्न थालेपछि यसको कारोबार बढेको मगरले बताउनुभयो । उहाँका अनुसार कृषि आँैजारमध्ये जोत्नका लागि मिनी टिलर हलो अत्यधिक बिक्री हुने गरेको छ ।

कृषि क्षेत्रको योजनाबद्ध विकास गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिकाले किसानलाई व्यावसायिक कृषिमा लाग्न प्रोत्साहन गर्दै अनुदानमा मिनी टिलर वितरण गर्न सुरु गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । उहाँका अनुसार थोरै समयमा धेरै काम गर्न सकिने तथा प्रयोग गर्न पनि सजिलो भएकाले किसानलाई अनुदानमा टिलर वितरण गरिएको हो ।

आधुनिक टिलरले पहाडका साना खेतबारी, कान्ला, छेउ कुनो राम्ररी जोत्न सकिने किसान सीताराम प्रधानले बताउनुभयो । “गोरुले जोत्दाभन्दा मिनी टिलर हलोले जोत्दा झण्डै ७५ प्रतिशत काम छिटो हुन्छ । गोरुको झन्झट गर्नु परेन् । काम गर्न सजिलो पनि हुन्छ”, उहाँले भन्नुभयो ।

किसानलाई सहुलियतरुपमा गाउँपालिका, नगरपालिका, कृषि ज्ञान केन्द्र र विभिन्न पकेट क्षेत्रमा अनुदानमार्फत मिनी टिलर हलो वितरण गर्न थालिएको केन्द्रका प्रमुख गणेश खत्रीले बताउनुभयो । गोरुलाई जस्तो वर्षभरी पालेर राख्नु नपर्ने हुँदा मिनी टिलर जिल्लामा खेतीका लागि किसानको रोजाइमा पर्नुका साथै प्रभावकारी बन्दै गएको उहाँको भनाइ थियो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।