कानुन निर्माणमै पनि सदनमा तेरो र मेरो जस्तो देखिन्छ– सांसद श्रेष्ठ

नारायण न्यौपाने/ काठमाडौँ, २२ असोज :“पछिल्लो समय मुलुकलाई अहिलेको अवस्थाबाट होइन, भ्रष्टाचारलाई न्यून गर्दै सुशासनलाई बलियो तुल्याउने पाटोबाट सशक्तरुपमा अघि बढ्नुपर्छ भन्ने दृष्टिकोणबाट ऐन÷कानुन निर्माणकै समयमा विशेष ख्याल पु¥याउन जोड दिइरहेका छौँ ।”

सांसदसँग ः रासस संवादमा नेपाली कांग्रेसकी नेत्री एवं सांसद अन्जनी श्रेष्ठले सदनमा नयाँपुस्ताका सांसदको सङ्ख्या निकै ठूलो रहेकाले कानुन निर्माणमै पक्कै पनि सुशासन प्रवद्र्धन र भ्रष्टाचार न्यूनीकरणका पक्षमा खरो बहस र पैरबी हुने प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “विद्यार्थी र युवा पुस्ताको ठूलो सङ्ख्या विदेश पलायन, भ्रष्टाचार, कालोबजारी, विचौलिया र महँगीजस्ता मुद्दा प्रखररुपमा छन् । कानुन निर्माण गरी यसलाई रोक्न संसद्, सांसद, राजनीतिक नेतृत्व र सरकारी संयन्त्र देशप्रति जिम्मेवार र प्रभावकारी हुनुपर्छ ।”

सांसद श्रेष्ठ भन्नुहुन्छ, “संसद्मा रहेका र आएका विधेयकलाई टुङ्गोमा पु¥याउन र जनताले सोचेअनुरुप संसद् अघि बढाउन सकिएको छैन, जनहितमा आएका विधेयक हुन वा अरु कुनै विषयमा राजनीतिक दल मिलेर जानुपर्नेमा अझै तेरो र मेरोजस्तो देखिएको छ ।”

जनतासँग प्रत्यक्ष जोडिएकाभन्दा राजनीतिक स्वार्थका विषयले सदनमा प्राथमिकता पाउने गरेको उल्लेख गर्दै उहाँले संसद्मा प्रवेश पाएका जनसरोकारका विषयलाई एउटा विधि र प्रणाली स्थापित गरी अघि बढाइनुपर्नेमा जोड दिनुभयो । नेपाल विद्यार्थी सङ्घबाट विसं २०३६ मा राजनीतिमा प्रवेश गर्नुभएकी नेत्री श्रेष्ठ स्वतन्त्र विद्यार्थी युनियन पद्म कन्या कलेजको सहसचिव, सभापति, तरुण दल चितवनको जिल्ला सदस्य, नेपाल महिला सङ्घको एकाइ सभापति हँुदै पार्टी राजनीति सक्रिय हुनु पुग्नुभयो । उहाँ यसअघि विसं २०७० मा पनि संविधानसभा एवं प्रतिनिधिसभा सदस्य हुनुुहुन्थ्यो ।

निर्वाचनका बेला मतदातासँग भोट माग्ने सन्दर्भमा उठाइएका विकास निर्माणका विषयमा जनाइएको प्रतिबद्धता र भोलि त्यही ठाउँमा चुवाव लड्नुपर्ने अवस्थाले सांसदले त्यो प्रतिबद्धता पूरा गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

नेत्रीृ श्रेष्ठले भन्नुभयो, “एउटा विधायक हुनुको नाताले मूल दायित्व ऐन÷कानुन निर्माणमै हाम्रो ध्यान फोकस गर्दै विकास निर्माणलगायत जनताका दैनिक समस्यालाई पनि क्रमशः सम्बोधन गर्दै लैजानुपर्छ, जनता र नेताबीचको सेवा, सुविधा र बुझाइको खाडलाई साँघुरो तुल्याउनुपर्छ ।”

मुलुकमा भर्खर लोकतन्त्रको अभ्यास भएकाले सदनमा जानेर वा नजाने आवेगमा बोल्ने, बोलेका विषय फिर्ता लिने तथा दिइएका अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन पर्ने अवस्था आएको हुनसक्ने बताउँदै उहाँले कुनै दल वा नेताप्रति लक्षित गरी बोल्नासाथ अर्काे पक्षले आपत्ति जनाइहाल्ने प्रवृत्ति ठीक नभएको प्रतिक्रिया दिनुभयो ।

कतिपय नेता र सांसदका अभिव्यक्ति र प्रस्तुति शैली हेर्दा आमसभा हो कि सदन भनी अलमलमा पर्ने गरेको बताउँदै गर्दै सांसद श्रेष्ठले पछिल्ला बैठकमा भने त्यो शुद्धीकरण हुँदै गएको उल्लेख गर्नुभयो । पछिल्लो समय सुशासन कमजोर भएको तथा भ्रष्टाचार बढेको विषय नै अहिले समाजमा छलफलको मुख्य एजेण्डा हुने गरेको बताउँदै नेत्री श्रेष्ठले छिमेकी देश विकास र समृद्धिका हिसाब निकै अघिकाले यहाँ पनि अब सबै नेता र कर्मचारीले मनोवृत्ति बदल्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

मेरो देश हो, समस्या हाम्रो हो भन्ने भावना नभएसम्म परिवर्तनको गुञ्जायस नभएको बताउँदै उहाँले विद्यार्थी र युवालाई अवसर दिन नसकेका कारण होनहार जनशक्ति विदेश पलायन हुन बाध्य भएको प्रतिक्रिया दिनुभयो । सांसद श्रेष्ठले भन्नुभयो, “स्वदेशमा ठूलो लगानी गरेर बालबालिकालाई पढाए पनि त्यसअनुरुपको रोजगारी दिन नसकेका कारण विदेश पलायनको सङ्ख्या निकै बढ्न पुग्यो । अब कानुन निर्माणकै समयमा रोजगारी र युवालाई स्वदेशमै रोक्ने पाटोमा गहन चिन्तन मनन गर्न आवश्यक छ ।”

पार्टी नेता होस् वा कार्यकर्ता तथा अरु पहुँचवाला व्यक्तिले कानुनको बर्खिलाव गर्दा सजय भोग्न नपर्ने घटनाले कानुन सर्वसाधारणका लागि मात्रै हो त भन्ने प्रश्नको जिज्ञासामा उहाँले भन्नुभयो, “जसले यो प्रवृत्ति बदल्नुपर्छ भन्छ त्यो त्यहाँ पुगेको छैन, जो गर्न र देख्न पर्ने पक्ष हो, उसले देख्दै–देख्दैन ।”

विगतमा समाज यति खुला नभएका कारण धेरै विषय बाहिर नआएका घटना स्मरण गराउँदै उहाँले अहिले खुला समाज र ठूलो सङ्ख्यामा मिडिया भएकाले घटना हुँदासाथ क्षणभरमै सार्वजनिक भई गलत विषयविरुद्ध दबाब सिर्जना गर्न सहज भएको टिप्पणी गर्नुभयो ।

नेत्री श्रेष्ठले मुलुकभित्रै उद्योग कारखाना खोल्ने, युवालाई रोजगारी दिलाउने, शिक्षामा राष्ट्र प्रेम र देशभक्तिको भावना स्थापित गराउने तथा देशभित्र उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गर्ने कानुन निर्माणमा आफूहरु केन्द्रित रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्राकृतिक स्रोत र सम्पदाका हिसाबले हामीलाई विश्वमै सुन्दर देशमा जन्म लिने शौभाग्य मिलेको छ, मुलुकको विकासका लागि यहाँ भएको साधनस्रोत, सम्पत्ति र अवसरलाई अधिकतम सदुपयोग गर्न सबै विद्यार्थी र युवापुस्तालाई आग्रह गर्न चाहन्छु ।”
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।