धनकुटामा चाडपर्व लक्षित बजार अनुगमन तिब्र (फोटो फिचर)
धनकुटा । दशै लगायत चाडपर्व नजिकिएसँगै स्थानिय प्रशासन धनकुटाले बजार अनुगमनलाई प्राथमिकता दिएको छ ।
जिल्ला प्रशासन कार्यालाय धनकुटाको नेतृत्वमा खाद्य प्रविधि गुण नियन्त्रण डिभिनज कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय धनकुटा र राष्ट्रिय उपभोक्ता संघ धनकुटा तथा संचारकर्मी, नेपाल प्रहरी सहितको संयुक्त रुपमा अनुगमनलाई तीब्रता दिएका हुन् ।
अनुगमन टोलीले खाद्यान्नका थोक तथा खुद्रा पसलमा अनुगमन गर्न सुरु गरेको हो । सो क्रममा अनुगमन टोलीले धनकुटाको छथरजोरपाटी गाउँपालिको जोरपाटि बजार र पाख्रिवास नगरपालिकाको पाख्रिवास बजारका खुद्र तथा किराना पसल अनुगमन गरेको छ।
बजारका एक दर्जन भन्दा बढी खुद्रा तथा किराना पसलहरुमा अनुगमन गरी म्याद गुज्रिएका खाद्यबस्तु नष्ट गरीएको छ । उक्त म्याद गुज्रेका खाद्यबस्तुहरु जफत गरी स्थानिय जनप्रतिनिधि, प्रहरीको रोहबरमा आगो लगाई नस्ट गरीएको हो ।
त्यस्तै अनुगमनका क्रममा उक्त पसलहरुलाइ म्याद गुज्रेका खाद्यबस्तु आगामी दिनमा नवेच्न सुझाव तथा चेतवनी समेत दिइएको जिल्ला प्रशासन कार्यलयका प्रमुख प्रशासकिय अधिकृत अंकित मग्रातीले बताउनु भयो ।
यसअघि टोलिले धनकुटाका सिधुवा बजारमा समेत अनुगमन गरेको थियो । प्रशासनले धनकुटाका अन्य बजारमा पनि अनुगमन गरि म्याद गुज्रेका सामान नष्ट गर्ने जनाएको छ ।







