छथर जोरपाटीमा अपागंता भएकाको तथ्यांक संकलन र अध्यावधिक गरिने
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले वडामा रहेका र छुटेका संभावित अपागंता भएका व्यक्तिहरुको तथ्याङ्ग संकलन र अध्यावधिक गर्ने भएको छ ।
गाउँपालिकाले पालिकाका सबै वडामा यो कार्यक्रम संचालन गर्न लागेको जनाईएको छ ।
असोज २३ गते देखि कार्तिक २ गते सम्म पालिकाका विभिन्न स्थानमा तथ्याङ्ग संकलन तथा अध्यावधिक गरिने र त्यसका लागि सबै वडा सम्पर्क व्यातिm तोकिएको समेत गाउँपालिकाले जनाएको छ ।


