धनकुटाका यि स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने
धनकुटा । भोलि धनकुटाका केही स्थानमा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धनकुटा शाखाले जनाएको छ ।
धनकुटा वितरण केन्द्र अन्तर्गतको बेलाहरा फिडरको जिरोप्वाइन्टमा सरसफाई तथा मर्मत गर्नु भएकोले बिद्युत अवरुद्द हुने भएको हो ।
शाखाले आफ्नो फेसबुकमा लेखेको छ – नेपाल विद्युत प्राधिकरण धनकुटा बितरण केन्द्र अन्तर्गत रहेको बेल्हारा फिडरको जिरोपोइण्ट ,आत्मारा,औद्योगिक ग्राम,पात्ले खोला,याक्तेली टोल,डुम्रे सन्ने तथा पात्ले खोला एरिया हरुमा बुश कटिङ ,जम्पर कस्ने तथा पिन इन्सुलेटर बदली सम्बन्धि कार्य गर्नुपर्ने भएको हुदा उक्त एरिया हरुमा बिहान ७:०० बजे देखि साझ ५:बजे सम्म लाइन अबरुद्ध हुने ब्यहोरा जानकारी गराइन्छ ।



