पाख्रिबासका यि स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकाका केही स्थानमा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले जनाएको छ ।
धनकुटा वितरण केन्द्र अन्तर्गतको पाख्रिबास फिडर फ्यूज सेवाको पाख्रिबास नपा वडा नं १ र २ क्षेत्रमा चेकजांच गरिने भएकोले बिद्युत सेवा अवरुद्द हुने प्राधिकरणले जनाएको छ ।
शाखाले आफ्नो फेसबुकमा लेखेको छ – नेपाल विद्युत प्राधिकरण धनकुटा बितरण केन्द्र अन्तर्गत रहेको पाख्रिबास फ्यूज सेवाको पाख्रिबास फिडर को मिति २०८०/०६/२४ गते का दिन पाख्रिबास न.पा.को १,२ न वडा तल्लो सान्ने,मथिल्लो सान्ने र रमिते र एरियाहरुमा लाइन पेट्रोलिङ कार्य गर्नु पर्ने भएकोले मा बिहान ९:०० बजे देखि साझ ५:०० बजे सम्म लाइन अबरुद्ध हुने ब्यहोरा जानकरी गराइन्छ ।



