धनकुटामा ओछ्यानमै मृत भेटिए प्रहरी चौकीका इन्चार्ज

धनकुटा । धनकुटाको एक प्रहरी चौकीका इन्चार्ज सुतेकै अवस्थामा मृत भेटिएका छन् ।

धनकुटाको चौबिसे गाउँपालिकामा रहेको मुढेबास प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) ४१ वर्षीय प्रकाश चौधरी मृत अवस्थामा भेटिएका हुन् ।

कोठामा सुतेको अवस्थामा चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मोरङ घर भएका उनलाई ओछ्यानमा घोप्टो परेर सुतेको अवस्थामा फेला पारिएको थियो ।

धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनका अनुसार मृत्युको कारण खुलेको छैन । शव पोष्टमर्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।