सहिदभूमिमा कानुनी घुम्ति शिविर सञ्चालन

धनकुटा । न्यायमा पहुँच कार्यक्रम अन्र्तगत धनकुटाको शहिदभुमी गाउँपालिकाको दुई स्थानमा आज कानुनी घुम्ति शिविर सञ्चालन गरिएको छ ।

गाउँपालिकाको वडा नं ३ पञ्चकञ्या र थलथले बजारमा घुम्ति शिविर सञ्चालन गरिएको हो । शिविरमा कानुनी अधिकार, न्यायिक समिति नि शूल्क कानुनी सहायता सेवा, न्यायिक समिती र जिल्ला अदालतमा पेश गर्न मुद्धा दर्ता तयारी सेवा, घटना दर्ता सम्बन्धि विषयमा सहभागीहरुलाई परामर्श दिईएको छ ।

पञ्चकञ्यामा सञ्चालित शिविरमा वडा नं १,२ र ३ र थलथलेमा सञ्चालित शिविरमा ४,५,६ र ७ नं वडाका स्थानिय नागरिकहरु कानुनी शिविरमा सेवा लिन आएका थिए ।

शिविरमा नागरिक्ता नपाएको र वहुविवाह सम्बन्धि मुद्धाका सवालहरु बढी मात्रामा उठेका थिए । शिविरमा कानुनी अधिवक्ताहरु शारदा सञ्तोषी राई,सुमित्रा राई, जिल्ला प्रशासन कार्यलय धनकुटाका प्रशासन अधिकृत अंकित मंग्राती र जिल्ला अदालत धनकुटाका नायव सुब्बा शरण नेपालीले परामर्श सेवा दिएका थिए ।

शिविरमा जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख सावित्रा राई,शहिदभुमी गाउँपालिका अध्यक्ष मनोज राई,उपाध्यक्ष रत्नश्वरी राई,प्रमुख प्रशासकीय अधिकृत नविन कार्की,पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मिन सुवेदी वडाध्यक्षहरु,वडा सचिव, जनप्रतिनीधि र पालिकाका पञ्जिकरण तथा न्यायिक समितिका कर्मचारीहरुको सहभागिता थियो ।

यो कार्यक्रम स्थानिय तहमा न्यायमा पहुँच अभिवृद्धी गर्न युएन डिपी, पर्डेप नेपाल र शहिदभुमी गाउँपालिकाले सञ्चालन गरिरहेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।