भोजपुरमा आसकुमार राईको अध्यक्षतामा ५७ सदस्यीय जसपाको समिति पुनर्गठन

भोजपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको भोजपुर जिल्ला समिति पुनर्गठन भएको छ । जिल्लास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमबाट आसकुमार राईको अध्यक्षतामा ५७ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा शाहीमान राई र मञ्जु राई सचिवमा नरराज राई, उपसचिवमा बालानन्द ढकाल, नवराज चर्मकार र कोषाध्यक्षमा इन्दिरा राई चयन भएका छन् ।

जसपाको विधानमा जिल्ला समिति ५७ सदस्यसम्मको बनाउन सक्ने प्रावधान छ । जसपाले सञ्चालन गरेको पार्टी विस्तार तथा सुदृढीकरण अभियानमा जिल्ला समन्वय समितिलाई जिल्ला समितिमा रुपान्तरण गर्ने कामलाई तिव्रता दिएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गोपाल राईको प्रमुख अतिथि रहेका थिए भने किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश समिति, राष्ट्रिय समितिका तथा स्थानीय तहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।