इन्द्र आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं,२५ असोज । सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादीका इन्द्र आङ्बोलाई आघि सार्ने निर्णय गरेको छ ।

गठबन्धनको बिहीबार बसेको बैठकले आङ्बोलाई प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

कोशीमा प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्रीमा दाबी गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएका छन्।

पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले शनिबार राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो । सत्ता गठबन्धनमा आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति भएपनि नेपाली कांग्रेसभित्र भने विवाद मिलिसकेको छैन । कांग्रेसभित्र शेखर कोइराला पक्षधरले नेता केदार कार्कीलाई मुख्यमन्त्री बनाउनु पर्ने बताउँदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।