धनकुटामा एकदिने दिगो पुन: एकिकरण मेला हुदै
नरेन्द्र राई,धनकुटा । नेपाल विकास अधिन संस्थाको आयोजनामा धनकुटाको टुँडिखेलमा असोज २७ गते शनिबारका दिन एकदिने दिगो पुन: एकीकरण मेला आयोजना गर्ने भएको छ ।
वैदेशिक रोजगारीबाट फर्केर आइ देशमै केही गर्छु भन्ने युवाहरु,स्वादेशमै बसोवास गरिरहेका विपन्न युवाहरुलाई उद्यम व्यवसायमा लाग्नको लागि प्रति व्यवसायीलाई १ लाख ४० हजारको दरले बीउ पुँजी अनुदान दिइ उद्योग व्यवसाय गरेर उत्पादन गरिएका सामाग्रीहरुको प्रदर्शनी तथा किनबेच गर्ने उद्देश्यले १ दिने धनकुटामा मेला आयोजना गर्न लागिएको नेपाल विकास अधिन संस्थाका संयोजक महेन्द्र कुमार राईले बताए ।कार्यक्रम संयुक्त राष्ट्र संघको अन्तराष्ट्रिय आप्रवसन संगठन काठमाडौंको आर्थिक सहयोगमा गरिन लागेको समेत संस्थाका संयोजक राईले बताए ।
एक दिने दिगो पुन:एकीकरण गर्ने मेलाबारे धनकुटामा आज पत्रकार सम्मेलन गरि सो कुरा आयोजक संस्थाले बताएको हो ।धनकुटा नगरपालिका र झापाको अर्जुनधारा नगरपालिकाका गरि २० वटा स्टल मार्फत वैदेशिक रोजागरीबाट फर्केका तथा स्वदेशमा बसोबास गरिरहेका विपन्न युवा व्यवसायीहरुद्वारा उत्पादन गरिएका सामाग्रीहरु प्रर्दशनी र बिक्रीवितरण गरिने समेत आयोजक संस्थाका अर्का संयोजक महेन्द्र सुवेदीले बताए । मेलामा खुकुरी,टेलरिङ,पशु फर्म,एभोकाडो लगायत उत्पादनहरुको प्रवर्द्धन,बिक्रीवितरण गरिने समेत आयोजकले बताएको छ ।


