मुख्यमन्त्री पदका लागि माग दाबीसहित सबै सदस्य प्रदेश प्रमुख कार्यालयमा
विराटनगर, २६ असोज : कोशी प्रदेशका मुख्यमन्त्री पदका लागि नेपाली कांग्रेसका केदार कार्कीले ४७ सदस्यसहित प्रदेश प्रमुखको कार्यालयमा आज साँझ दाबी पेश गर्नुभएको छ ।
उहाँसँग नेपाली कांग्रेसको कोशी प्रदेशसभा सदस्य इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बूसहित नेकपा एमालेतर्फका ३९ सदस्यको हस्ताक्षरसहित माग दाबी गरेको प्रदेश प्रमुखको कार्यालयबाट जानकारी प्राप्त भएको छ ।


