कोशी प्रदेशको मुख्यमन्त्रीका लागि भोलिसम्म समय थप

विराटनगर, २६ असोज : कोशी प्रदेशकोमुुख्यमन्त्री नियुक्तिका लागि शनिबार बिहान ८ बजेदेखि २ बजेसम्म परिचय खुल्ने प्रमाणसहित उपस्थित हुन प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ ।

मुख्यमन्त्री पदका लागि बिहीबार नेपाली कांग्रेसका तर्फबाट निर्वाचितप्रदेशसभा सदस्य केदार कार्की र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले ४७÷४७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दावी पेश गर्नुभएको थियो ।

प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री पदका लागि असोज २० गते गर्नुभएको आह्वानमा दुई सदस्यले दाबी पेश गर्दा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर दोहोरिएपछि शनिबार परिचय खुल्ने प्रमाणसहित उपस्थित हुन आज विज्ञप्तिमार्फत आह्वान गर्नुभएको हो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।