धनकुटामा दिगो पुनःएकीकरण मेला,हेर्नुहोस् तस्बीरमा
धनकुटा,२७ असोज। धनकुटामा बैदेशिक रोजगारीबाट फर्केर उद्यम र उत्पादनमा लागेकाहरुको ब्यबशाय प्रवद्र्धनका लागि पुनःएकीकरण मेला आयोजना गरिएको छ ।
विश्व व्यापीरुपमा फैलिएको कोरोना महामारीको समयमा रोजगारी गुमाएर मलेशिया र खाडी मुलुकबाट छोटो समयमै घर फर्केकाहरुलाई स्वोजगार बनाउँन अन्तराष्ट्रिय आप्रवासन संगठनको आर्थिक साझेदारीमा दुइ बर्ष अघि धनकुटा नगरपालिकाले एकलाख ४० हजार रुपैयाँ बीउँ पूजी उपलब्ध गराएको थियो तिनै उद्यमीका उत्पादन प्रदर्शन र बिक्रिका लागि धनकुटा एकदिने मेला आयोजना गरिएको हो ।









