सिक्किमका बाढी पीडितलाई होटल एसोसिएसन धनकुटाको सहयोग
धनकुटा,२८ असोज । होटल एसोसिएसन धनकुटाले भारतको सिक्किमका बाढी पीडितका लागि गरेको सहयोग संकलन विवरण सार्वजनिक गरेको छ ।
होटल एसोसिएसन धनकुटाको अगुवाईमा २ लाख २३ हजार ४ सय २५ रुपैयाँ सहयोग संकलन गरिएको धनकुटामा आइतबार पत्रकार संमेलन गर्दै जाकारी गराइएको छ ।
होटल एसोसिएसम धनकुटाले धनकुटाको धनकुटा बजार, हिले बजार, पाख्रिवास, सिंधुवा, जोरपाटी, भेडेटार, मुलघाट लगायतका स्थानमा रहेका होटल र अन्य दाता संग सहयोग संकलन गरिएको होटल एसोसियसन धनकुटाका सचिव मोहन वान्तवा राईले जानकारी दिनु भयो । संकलित सहयोग रकम सिक्किमको आधिकारिक निकायलाई हस्तान्तरण गरिने होटल एसोसियसन धनकुटाका अध्यक्ष खगेन्द्र बिष्टले बताउनु भयो ।
सिक्किमका व्यावसायीहरुले समेत विपदको समयमा धनकुटालाई सहयोग गरेकोले सद्भावका लागि सहयोग पठाउन लागिएको होटल एसोसियसन धनकुटाका सल्लाकार समितीका संयोजक दिनेश अमात्य बताउनु भयो ।
त्यस्तै सिक्किम र धनकुटाको छुटै किसिमको व्यावसायिक संम्बन्ध रहेकोले विदेशी देश भए पनि सहयोग गरिएको होटल एसोसियसन धनकुटाका सल्लाकार समितीका सदस्य लालचन्द्र गोङ्गवा तामाङ्गले बताउनु भयो ।


