जीउँदो खसी किलोको छ सय ८०

काठमाडौँ, २८ असोज : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि भोलि मङ्गलबारदेखि बिक्री गर्ने खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । कम्पनीले जीउँदो खसीबोका प्रतिकिलो रु छ सय ८० तथा च्याङ्ग्रा प्रतिकिलो रु एक हजार दुई सय ६० मा बिक्री गर्नेछ ।

उक्त मूल्यमा उपभोक्ताले प्रतिकिलो रु १० छुट पाउनेछन् । कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिहान ८ बजेदेखि खसीबोका तथा च्याङ्ग्रा बिक्री गरिने सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिनुभयो ।

कम्पनीले मकवानपुर, दाङ र कैलालीबाट खसीबोका तथा रसुवाबाट च्याङ्ग्रा ल्याएको छ । ती चौपाया आज मात्रै काठमाडौँ ल्याइएको हो । कम्पनीले उपभोक्ता मूल्यमा हुनसक्ने असन्तुलन रोक्न सानो सङ्ख्यामा भए पनि खसीबोका तथा च्याङ्ग्राको बिक्री गर्दै आएको छ । यस वर्षको दसैँमा दुई हजार खसीबोका तथा एक हजार च्याङ्ग्रा बिक्री गरिने कम्पनीको तयारी छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।