धनकुटा बन्दले भेडेटारमै यात्रुहरु अलपत्र

धनकुटा । पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै कोसी प्रदेश पुनःनामाङकन सङ्घर्ष समितिले धनकुटामा यातायात ठप्प पारेको छ ।

गएको भदौ आठ गते धनकुटाको राजारानीमा आयोजित युवा सङ्घको कार्यक्रम बिथोल्न खोजेको आरोपमा प्रहरीले असोज २५ गते पहिचान पक्षधरका तिन जना कार्यकर्तालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका कार्यकर्ताको विनाशर्त रिहाइको माग राखेर समितिले आज बिहानै देखि कोसी राजमार्गको भेडेटार–फोक्लेण्ड टापु खण्ड अवरुद्ध पारेको हो । समितिका कार्यकर्ता भेडेटार र फोक्लेण्ड टापुमा भेला भएर सडक अवरुद्ध गरेका छन् । सङ्घर्ष समितिको अवरोधका कारण कोसी राजमार्ग भएर धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, पाँचथर लगायत पहाडी जिल्ला आउने जाने यात्रु बाटैमा अलपत्र परेका छन् ।

बन्द कर्ताको मागका विषयमा धनकुटा प्रशासन गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताएका छन् । बन्द कर्ताका मागका विषयमा छलफल भइरहेकाले उपयुक्त निर्णय लिइने उनको भनाइ छ । यस्तै बन्द यातायात सुचारु गराउने विषयमा सङ्घर्ष समिति सँग कुरा भइरहेको पौडेलले बताए ।-इटहरी खबर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।