होटल एसोसिएसन धनकुटाले सिक्किम पुगेर गर्यो सहयोग हस्तान्तरण
धनकुटा,१ कार्तिक । होटल एसोसिएसन धनकुटाले भारतको सिक्किमका बाढी पीडितका गरेको सहयोग रमक हस्तान्तरण गरेको छ ।
एसोसियसनले संकलन गरेको सहयोग रकम २ लाख ३० हजार ५ सय ६० रुपैयाँ सिक्किम सरकारका पर्यटन मन्त्री श्री वि. एस. पन्त लाई होटल एसोसियसन धनकुटाका अध्यक्ष खगेन्द्र बिष्ट , होटल एसोसियसन धनकुटाका सल्लाकार समितीका संयोजक दिनेश अमात्य लगायतले सिक्किम पुगी नगद हस्तान्तरण गर्नु भएको हो ।
होटल एसोसिएसन धनकुटाको अगुवाईमा धनकुटाको धनकुटा बजार, हिले बजार, पाख्रिवास, सिंधुवा, जोरपाटी, भेडेटार, मुलघाट लगायतका स्थानमा रहेका होटल र अन्य दाता संग सहयोग संकलन गरिएको थियो ।


